पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, थप दुई जनाको मृत्यु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा आइतबार २१३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी १६ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।
देशभर अहिले सक्रिय संक्रमितको संख्या चार हजार ९ सय ७१ रहेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *