काठमाडौ – सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलको बैठक सोमबार बिहान बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल हुने बैठकको प्रमुख एजेन्डा छ।
उनले भने, “नेकपा माओवादीको पनि महाधिवेशन चलिरहेको र अरू दलका नेता पनि व्यस्त भएकाले आइतबार बिहान बस्ने भनेको बैठक बस्न सकेन । सोमबार बिहान सत्ता गठबन्धन दलको बैठक बोलाइेको छ ।”
बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता साझेदार दलबीच कसरी उम्मेदवारी दिने भन्ने विषयले प्रवेश पाउने छ र सकभर सोमबारको राष्ट्रिय सभाको चुनावी रणनीतिको अन्तिम टुङ्गो लगाउने बालुवाटार स्रोतको भनाइ छ ।त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको विषयले पनि बैठकमा प्रवेश पाउने भएको छ ।