काठमाडौं – नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।सो पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमार साह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।