“नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु” – नेकपा एमालेका नेता तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो कुनै सलंग्नता नरहेको जिकिर गरेका छन ।

नारायणहिटी परिशर भित्र रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई दिएको समाचार आएपछि भट्टराईले आफूले यसबारेमा कुनै लिखित निर्देशन नदिएको र दिएको भए प्रमाण सार्वजनिक गर्न पनि उनले चुनौति दिएका छन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोष्ट गर्दै नेता भट्टराई लेख्दछन, “नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु । आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वत: स्पस्ट छ । बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु । स्मरणरहोस म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।”

बतास कम्पनीले सस्तो भाडा बुझाएर रेस्टुरेन्ट बनाउने निर्णय पर्यटनमन्त्री प्रेम आलेले निर्देशन दिएर रोकेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *