काठमांडौ – नारायणहिटी परिशर भित्र रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई दिएको समाचार आएपछि उक्त निर्णय र कदमको सर्बत्र चर्को चर्चा चलीरहेको बेला नेकपा एमालेका नेता डा भिम रावलले पनी उक्त कदम र निर्णयको घोर बिरोध प्रकट गरेका छन।
हिजो दिन भरी नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने खबरले सर्बत्र चर्चा पाएको र उक्त कदमको घोर बिरोध बढेर गए संगै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई निर्देशन दिएको थियो।
सोही प्रकरणमा आफ्नो बिरोध जनाउदै नेकपाका प्रभाबषाली नेता डा भिम रावलले आफ्नो सामाजिक संजाल ट्विटरमा एेउटा पोष्त गरेका छन जस्मा उनले नारायणहिटी जस्तो ऐतिहासिक-सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो भनेका छन र साथै यस्तो देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गरी नारायणहिटी संग्रहालयको मौलिकताको सुरक्षा गरियोस् भनेका छन।
नारायणहिटी जस्तो ऐतिहासिक-सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो।यस्तो देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गरी नारायणहिटी संग्रहालयको मौलिकताको सुरक्षा गरियोस् ।
— Dr. Bhim Rawal (@BhimRawal179) January 5, 2022
ट्विटरमा डा रावल लेख्दछन, “नारायणहिटी जस्तो ऐतिहासिक-सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो।यस्तो देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गरी नारायणहिटी संग्रहालयको मौलिकताको सुरक्षा गरियोस् ।“