एपमार्फत ‘विक्रीमा रहेका’ भन्दै १०० जना मुसलमान महिलाको तस्बिर अनलाइनमा राखेको घटनाका सम्बन्धमा एक जना १८ वर्षिया युवती सहित तीन जना पक्राउ

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

मुम्बई, भारत – भारतीय प्रहरीले एउटा एपमार्फत ‘विक्रीमा रहेका’ भन्दै १०० जना मुसलमान महिलाको तस्बिर अनलाइनमा राखेको घटनाका सम्बन्धमा एक जना १८ वर्षिया युवती सहित तीन जनालाई पक्राउ गरेका छन्।

उक्त प्रकरणमा संलग्न रहेको आशङ्कामा दुई जना २१ वर्षका पुरुष र १८ वर्षकी महिलालाई पक्राउ गरेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

मुम्बईको प्रहरीले यो मामिलामा थप गिरफ्तारी हुनसक्ने उल्लेख गरेको छ। मुम्बईका प्रहरी कमिस्नर हेमन्त नाग्रालेले अहिले नै कसले एप बनायो र त्यसको उद्देश्य के हो भनेर जानकारी सार्वजनिक गर्नु अलि चाँडै हुने बताए।

उक्त एपलाई वेब प्लेटफर्म गिटहबमा राखिएको थियो। चर्को आक्रोश व्यक्त भएपछि हाल त्यसलाई हटाइएको छ। पक्राउ परेका विशाल कुमार इन्जिनियरिङका विद्यार्थी हुन्।

मुम्बई प्रहरीको साइबर युनिटले दक्षिणी शहर बङ्लौरबाट विद्यार्थी कुमारलाई नियन्त्रणमा लिएको थियो। उनलाई सोधपुछ गर्दा स्वेता सिंहको नाम आएको प्रहरीले बताएको छ।

उत्तरी राज्य उत्तराखण्डबाट त्यसपछि उनलाई पक्राउ गरिएको थियो। बुधवार बिहान अर्का विद्यार्थी मयंक रावतलाई उत्तराखण्डबाटै पक्राउ गरिएको थियो।

ती तीन जनालाई के अभियोगमा पक्राउ गरिएको हो भन्ने पुष्टि भइसकेको छैन।

“अरू केही व्यक्तिहरूलाई सोधपुछका लागि थुनामा राखिएको छ। हामीले यो अनुसन्धानलाई एउटा निष्कर्षमा पुर्‍याउँछौँ,” महाराष्ट्रका कनिष्ठ गृहमन्त्री सतेज पटेलले बीबीसीसँग भने।

यो अनलाइनमार्फत ‘लिलाम बढाबढ’ गराएर मुसलमान महिलाहरूको अपमान गर्न भएको दोस्रो प्रयास हो।बीबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *