“अत्यवाश्यक वस्तुको सेवा जनताले पाउनुपर्छ, अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो” – प्रधानमन्त्री शेरबहादुर देउवा

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको बताउनुभएको छ । बुधबार मन्त्री र सचिवसँगको छलफलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उहाँले बताउनुभएको हो ।

‘राष्ट्रिय गौरवका योजनाको काम भइराखेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जनतालाई दिने सेवा छिटो छरितो हुन सकेको छैन । यसमा हामीले ध्यान दिनुपर्छ ।’

प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले जनतालाई अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । ‘अत्यवाश्यक वस्तुको सेवा जनताले पाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *