काठमाडौं – केही समय यता बिधार्थीहरु द्वारा मेडिकल कलेजहरु द्वारा चिकित्सा शिक्षा शुल्क सरकारले तोके भन्दा बढी शुल्क लिएका कारण बिरोध प्रदशन हुदै गर्दा सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने बताएको छ ।
हिजो एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलका प्रवक्तले योगको निर्देशनलाई बेवास्ता गरी गैरकानुनीरूपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ भनेका छन।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ ९क०मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धन खारेज गर्न सकिने उल्लेख छ ।