राष्ट्रियसभा बैठक पुस २७ गतेलाई सर्‍यो

समाचार
शेयर गर्नु होला

काठमाडौं – पुस २५ गते आ इतबारका लागि बोलाइेको राष्ट्रियसभाको बैठक सरेको छ । शुक्रबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा. भरतराज गौतमले बैठक विशेष कारणबस बैठक सरेको जानकारी दिए ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको गौतमको भनाइ छ ।

यसाघि पुस २२ गते बोलाइेको प्रतिनिधिसभाको बैठक पनि पुस २८ गतेका लागि सारिएको थियो । नेकपा एमालेको धेरैजसो जिल्लाको जिल्ला अधिवेशन पुस २४ गते तोकिएकाले एमालेले आफ्ना नेताहरु अधिवेशनमा सहभागी हुनुपर्ने भन्दै बैठक सार्न माग गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *