काठमाडाै – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन । नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि अवरोध हटाउने विषयमा सर्वदलीय बैठकमा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको जानकारी दिए।
एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएपछि केही दिनदेखि प्रतिनिधिसभा बैठक सुचारू रूपले सञ्चालित हुन समस्या परेकाे छ । हिजाे सत्तापक्षीय गठबन्धनका नेताहरूकाे बैठकले प्रतिनिधिसभा अवरोध हटाउनकाे लागि एमाले पार्टीसँग अपिल गर्ने निर्णय गरेकाे थियाे ।