थप ९४४ जनामा कोरोना संक्रमण

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ ।स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।९ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा २९७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजार ४६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *