काठमाडौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १२ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर परीक्षण विधि र र एन्टिजेन परीक्षण विधिबाट देशभरमामा दुई हजार ४४४ जनामा कोरोना पृष्टि भएको छ ।
मन्त्रालयको तथयांक हेर्दा काठमाडौं उपत्यकामा मात्रै ५२.६१ प्रतिशत संक्रमित पृष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा भक्तपुरमा ८५, ललितपुरमा २२१ काठमाडौंमा ९८० जनामा संक्रमण पुष्टि भएको हो। सोमबार ९८० जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ५९ हजार ४४२ जनामा कोरोना पृष्टि भएको छ।
जसमा दुई लाख ५३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या २२ सय ४२ पुगेको छ। सक्रिय संक्रमित तीन हजार ५२१ रहेका छन्। भक्तपुरमा अहिलेसम्म ३० हजार ७१० जनामा कोरोना पृष्टि भएको छ। जसमा २९ हजार ५७३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ४३८ पुगेको छ। भने सक्रिय संक्रमित ६९९ जना रहेका छन्।
ललितपुरमा अहिलेसम्म ५२ हजार १०५ जनामा कोरोना पृष्टि भएको छ। जसमध्ये ५० हजार ३०६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७०९ छ भने एक हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।