काठमाडौं – केही दिन अघी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा लिपुलेकबाट मानसरोवर जाने सडक निमाण गरिने अभिव्यक्ति पस्चात सर्बत्र आपत्ति र बिरोध भयीरहेको बेला उक्त अभिव्यक्तिप्रति नेकपा एकीकृत समाजवादी (एस) का विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दै बिरोध जनाएका छन।
हिजो एक विज्ञप्ति जारी गर्दै नेता खनालले लिपुलेक नेपालीको भूमि रहेको र उक्त क्षेत्रमा गरिने निर्माणका बारेमा नेपाल सरकारलाई कुनै जानकारी नगराई उक्त क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक भएको र उक्त कदमले नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन गरेको छ भनेका छन।
साथै नेता खनालले आफ्नो पार्टीले लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको कामलाई रोक्न माग गरेको विज्ञप्ति मार्फत बताएका छन।