आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड हुने डब्लूएचओको चेतावनी

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा. हान्स क्लुगीले बताए। सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन्। भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताए।

सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ सङ्क्रमित थपिएको आधार यो प्रक्षेपण गरिएको उनको भनाइ छ । दुई हप्ताको अन्तरमा सङ्क्रमितको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । डा क्लुगका अनुसार सियाटलमा आधारित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले युरोपका ५० प्रतिशत जनसङ्ख्या आगामी ६ देखि ८ हप्तामा ओ मिक्रोनबाट सङ्क्रमित हुने पूर्वानुमान गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *