२४ घण्टामा नेपालमा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , २७८ जनाले कोरोना जिते [अपडेट]

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राका अनुसार ९ हजार ५१ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी तीन हजार ९८५ जनाको एन्टीजेन परीक्षण गर्दा ६२७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा। मिश्राले दिनुभएकाे जानकारी अनुसार २४ घण्टामा २७८ जनाले कोरोना जितेका छन्।

त्यसैगरी बुधबार कोरोनाले दुई जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा दुई लाख १४ हजार ५७ जनाले खोप लगाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *