काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमण नियन्त्रणमा सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका छन।
केही दिनयता कोरोना संक्रमण दर बढेको भन्दै उनले यस्तो जानकारी गराएका हुन । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी गराएका हुन । ‘पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ’, मन्त्री कार्कीले फेसबुकमा लेखेका छन, ‘कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।’ नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध रहेको र खोप अभियानलाई तीव्र बनाइेको उनको भनाइ छ ।
‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ’, मन्त्री कार्कीले भनेका छन, ‘खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’ सञ्चारमन्त्री कार्कीले आम नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन । ‘म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु’, उनले फेसबुकमा थप लेखेका हुन ।
पछिल्लो सातामात्र देशभर कोरोना संक्रमितको संख्या ९ प्रतिशतले बढेपछि बिहीबारबाट लागू हुनेगरी सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । संक्रमणको जोखिम बढेसँगै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।