युक्रेन तनाव – रुसले कठोर विकल्पको सामना गर्नुपर्ने अमेरिकाको भनाइ

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमान्डौ – अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कूटनीति वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिएकी छन्। उत्तर एट्लान्टिक सन्धी संगठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उनले त्यस्तो चेतावनी दिएकी हुन्। युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्य सहित ब्रसल्समा नेटो-रुस काउन्सिलको वार्ता भएको थियो। सन् २०१९ यता उक्त काउन्सिलको यो पहिलो भेट भएको हो।

रुसी उपविदेशमन्त्री अलेक्सान्डर ग्रुस्कोले नेटोले मस्कोको मागहरूबारे आफूलाई अनुकूल हुने मागमात्रै सम्बोधन गर्न नसक्ने बताए। रुसको मागको सूचीमा युक्रेन कहिल्यै नेटोमा सामेल हुनहुन्न भन्ने पनि रहेको छ। युक्रेनसँगको सीमा नजिकै दशौँ हजार रुसी फौज एकट्ठा भएका छन् र त्यसले आक्रमणको आशङ्का गराएको छ।

नेटोमा आवद्ध हुने भन्ने लक्ष्य युक्रेनको संविधानको एउटा हिस्सा हो। तर उपविदेशमन्त्री शरमनले प्रगति गर्नसकिने क्षेत्रहरू रहेको बताइन् र रुसले अब के चाहन्छ भन्ने निर्णय गर्नुपर्ने बताइन्। उनले अमेरिका र नेटो सबै खालको सम्भावनाका लागि तयारी गरिरहेको बताइन्।

बुधवार ब्रसल्समा भएको वार्तापछि बोल्दै ग्रुस्कोले थप सहकार्यले युरोपेली सुरक्षालाई अप्रत्याशित परिणामहरू दिनसक्ने बताए। उनले नेटोको पूर्वतर्फको विस्तारले आफ्नो देशका लागि अस्वीकार्य खालका खतराहरू पैदा गरेको बताए।

नेटोका प्रमुख यान्स स्टोलटनबेर्गले मस्कोको मागहरूमा केही गर्न नसकिने र त्यसमा युक्रेनको सदस्यतालाई रोक्ने विषय पनि परेको बताए। उनले युरोपमा अझै पनि नयाँ सशस्त्र द्वन्द्वको वास्तविक खतरा रहेको भन्दै चेतावनी दिएका छन्।बिबीसीबाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *