काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० गरेर १९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै काठमाडौं जिल्लामा मात्र संक्रमितको संङ्ख्या २ लाख ६२ हजार ५९ पुगेको छ जसमध्ये २ लाख ५३ हजार ९७५ जना निको भएका छन् भने २२ सय ४२ जनाको मृत्यु भएको छ।
ललितपुर जिल्लामा अहिलेसम्म ५२ हजार ६५८ जनामा संक्रमण पुष्टि हुँदा ५० हजार ३५६ जनाले कोरोना जितेका छन् भने ७११ जनाको मृत्यु भएको छ।
त्यसैगरी भक्तपुर जिल्लामा ३० हजार ९९४ जनामा संक्रमण पुष्टि हुँदा २९ हजार ५९३ जनाले कोरोना जितेका छन् भने ४३८ जनाको मृत्यु भएको छ।काठमाडौंमा पाँच हजार ८ सय ४२, ललितपुरमा १५ सय ९१ र भक्तपुरमा ९६३ गरेर उपत्यकामा अहिले ८ हजार ३९६ जना सक्रिय संक्रमित रहेका छन्।