निजी क्षेत्रलाई विद्युत् निर्यात गर्न दिने तयारी

समाचार
शेयर गर्नु होला

काठमाडौ – सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिहेको भन्दै अबको एक–डेढ महिनाभित्रै काम सम्पन्न गर्ने बताए।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलसँगको भेटमा बिहीबार ऊर्जामन्त्री भुसालले भन्नुभयो, “निजी क्षेत्रलाई विद्युत् निर्यातमा सहभागी बनाउने नै हाम्रो सोच हो । विद्युत् आयात गर्न दिँदैनौँ, गन्तव्य खोजेर निर्यात गर्नुस् । ” आफैँ विद्युत् उत्पादन र बिक्री गर्नेलाई पनि सहजीकरण गर्नेगरी कार्यविधि बनाउने जानकारी दिँदै उनले विद्युत् उत्पादनमा मात्रै नभैइ प्रसारणमा समेत निजी क्षेत्रलाई सहभागी गराउने बताए । उनले बङ्गलादेशसम्म विद्युत् निकासीका लागि सरकारले विशेष पहल गर्ने पनि उल्लेख गरे । छलफलमा मन्त्री भुसालले अर्धजलाशययुक्त जलविद्युत् आयोजना (पिकिङ रन अफ दी रिभर)को विद्युत् खरिद सम्झौता (पीपीए) नरोकिने पनि बताए ।

छलफलमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युत् निर्यातका दुई महœवपूर्ण गन्तव्य भारत र बङ्गलादेश भएको भन्दै दुवै देशमा अलगालग संयन्त्रमार्फत विद्युत् व्यापारको काम अगाडि बढाउन खोजेको बताए । ऊर्जा मन्त्रालयमा भएको छलफलमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले विद्युत् निर्यात चुनौतीपूर्ण भए पनि सम्भावना धेरै भएको चर्चा गर्दै भने, “निजी क्षेत्र यसका लागि काम गर्न तयार छ र सक्षम पनि छ । सरकारले अनुमति दिनुप-यो । ”गोरखापत्र दैनिकबाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *