स्वस्तिमा अभिनित दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक (ट्रेलर)

मनोरञ्जन
शेयर गर्नु होला

काठमाडौ – नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलर मलयालम भाषामा सार्वजनिक भएको हो ।

फिल्मका निर्माता एसके लरेन्स हुनुहुन्छ भने राजीव शेट्टीले निर्देशन गरेका हुन । फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन । त्यस्तै, जोनी एन्टोनी र धर्मजान बोलगट्टीको अभिनय पनि देख्न सकिन्छ । फिल्म जेभियर एलेक्स र राजीव शेट्टीले लेखेका हुन ।

यस फिल्मको ट्रेलरमा स्वस्तिमा खड्काको ‘आइटम डान्स’ का केही झलकहरू देखाइेको छ । यस्तै, ट्रेलरमा नेपालका अर्का अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ । कमेडी जनरामा बनेको यो फिल्म सन् २०२२ मा रिलिज हुने बताइेको छ । फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *