काठमाडों – पJछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने ३०६ जना निको भएका छन् । बिहीबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख २० हजार २६७ जनाले खोप लगाएका छन् ।