उपत्यकामा एकै दिन थपिए २६ सय ७ संक्रमित

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा २ हजार ६०७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा मात्रै ५१.६१ प्रतिशत संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँमा १९१३,भक्तपुरमा ३१७, ललितपुरमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ६३ हजार ९७२ जनामा कोरोना पृष्टि भएको छ। जसमा दुई लाख ५४ हजार १०४ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या २२ सय ४३ पुगेको छ। सक्रिय संक्रमित सात हजार ६२५ जना छन्। भक्तपुरमा अहिलेसम्म ३१ हजार ३११ जनामा कोरोना पुष्टि भएको छ। जसमा २९ हजार ६२२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

मृत्यु हुनेको संख्या ४३८ पुगेको छ भने सक्रिय संक्रमित १२ सय ५१ जना रहेका छन्। ललितपुरमा अहिलेसम्म ५३ हजार ३५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ५० हजार ३८९ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७११ छ भने एक हजार ९३५ जना सक्रिय संक्रमित छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *