काठमाडौंमा दुई जना बिरामीको एन्टिजन परीक्षण गर्दा हैजा देखिएको पुष्टि [विज्ञप्ति]

अग्रपंक्तिमा खटिने व्यक्तिहरु, ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिने सरकारको निर्णय

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् ।

पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *