बन्दीपुर जीप दुर्घटना – मृतकको सङ्ख्या छ पुग्यो

समाचार
शेयर गर्नु होला

दमौली – तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको बन्दीपुर अस्पतालमा उपचार भैरहेको छ । जीप सडकबाट १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *