काठमान्डौ – देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।कोभिड–१९ को मृत्युदर १.४ प्रतिशत रहेको नेपालमा हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भइसकेको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत अैसोलेसन अर्थात अस्पतालमा छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएको छ ।