आकाशमै ढोका खुलेपछि गुण एयरकाे जहाज काठमाडौं फर्काइयाे

समाचार
शेयर गर्नु होला

काठमाडौं – काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइेको छ। ‘आकाशमै हवाईजहाजको ढोका खुलेपछि यात्रुलाई पुनः विमानस्थलमै फर्काइेको छ ।’

अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले बताए । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।

प्रमुख ठाकुरले भने ‘ आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइेको हाे तर कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’गोरखापत्र बाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *