राष्ट्रिय सभाको बैठक पुनः स्थगित

समाचार
शेयर गर्नु होला

काठमाडौं – राष्ट्रिय सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष कारणले पूर्व निर्धारित दिन र समयमा सो बैठक बस्न नसकिएको जानकारी दिएका हुन । यस अघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित भएपछि माघ ३ गते तय भएको थियो । राष्ट्रिय सभा बैठकको अर्को मिति भने तोकिएको छैन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *