काठमाडौं – सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिए ।
यससँगै आजको बैठकमा माघ १२ गते हुन गैरहेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको जीत कसरी सुनिश्चित गराउने भन्नेबारे छलफल भएको उनले बताए । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन आयोग लगायत सरोकारवाला निकायसँग थप परामर्श भैरहेको समेत कार्कीले जानकारी दिएका छन ।यसबाहेक अन्य विषयमा छलफल एवम् निर्णयका लागि माघ ६ गते गठबन्धनको बैठक पुन: बस्ने जनाइेको छ ।