कोरोनाभाइरस सङ्क्रमितले कुन-कुन अस्पतालमा पाउँछन् नि:शुल्क उपचार

समाचार
शेयर गर्नु होला

काठमान्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतमा रहेका ७८ वटा अस्पतालमा कोभिड–१९ केअर यूनिट सञ्चालन गरी कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीलाई निःशुल्क उपचारको प्रबन्ध गरिएको बताएको छ।

तिनमा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र केन्द्रका अस्पतालहरू समाविष्ट छन्। अहिले देशभरि सङ्क्रमण पुष्टि हुने बढिरहेको सरकारको तथ्याङ्कले देखाउँछ। अहिले फेला पर्ने नयाँ सङ्क्रमित तथा देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा हुनेको सङ्ख्या आधाभन्दा बढी छ।

सङ्क्रमित व्यक्तिले नि:शुल्क उपचार पाउन तोकिएका अस्पताल यी हुन्:

प्रदेश नं १

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोशी अस्पताल मेची अस्पताल इलाम अस्पताल र जिल्ला अस्पतालसहित १४ वटा अस्पताल

मधेश प्रदेश (प्रदेश नं २)

नारायणी अस्पताल ,प्रादेशिक अस्पताल जनकपुर, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजसहित सात अस्पताल

बागमती प्रदेश

वीर अस्पताल, सिभिल अस्पताल, शिक्षण अस्पताल महाराजन्ज, शहीद गङ्गालाल मुटु रोग अस्पताल, जनमैत्री अस्पताल ,किस्ट अस्पताल ,नेपाल मेडिकल कलेज, धुलिखेल अस्पताल ,भक्तपुर अस्पताल ,नेपाल कोरिया मैत्री हस्पिटल ,नेपाल प्रहरी अस्पताल ,श्री वीरेन्द्र अस्पताल, मनमोहन अस्पताल ,सशस्त्र प्रहरी बल अस्पताल ,राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्र आनन्दवन अस्पताल ,मानसिक अस्पताल ,चापागाउँ अस्पताल, शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण अस्पताल र पाटन अस्पताल

गण्डकी प्रदेश

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सङ्क्रामक रोग अस्पताल कास्की ,धौलागिरि अञ्चल अस्पताल, मध्यबिन्दु अस्पताल बेनी अस्पताल र दमौली अस्पताल

लुम्बिनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, बेलझुन्डी कोभिड विशेष अस्पताल ,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालगन्ज सैनिक अस्पताल र कपिलवस्तु अस्पतालसहित आठवटा अस्पताल

कर्णाली प्रदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेशका सबैजसो जिल्ला अस्पताल

सुदूरपश्चिम प्रदेश

सेती प्रादेशिक अस्पताल, धनगढी महाकाली अस्पताल, टीकापुर अस्पताल डडेलधुरालगायत सबैजसो जिल्ला अस्पताल


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *