उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन।

देशव्यापीरुपमा बढ्दै गएको कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजा अस्थायी रोक लगाइेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । यो माघ मसान्तसम्म लागू हुने उनले बताए । यसैगरी माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने निर्णय पनि तीनै प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *