काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै पाँच हजार ५४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा पाँच हजार ५४९ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ४००४, भक्तपुरमा ५७०, ललितपुरमा ९७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ७५ हजार ५५ जनामा कोरोना पृष्टि भएको छ । जसमा दुई लाख ५५ हजार १०१ जना सङ्क्रमणमुक्त भएका छन् । मृत्यु हुनेको सङ्ख्या २२ सय ४५ पुगेको छ । सक्रिय संक्रमित संख्या १७ हजार ७०९ पुगेको छ।
भक्तपुरमा अहिलेसम्म ३२ हजार ५५२ जनामा कोरोना पुष्टि भएको छ। जसमा २९ हजार ७१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन। मृत्यु हुनेको सङ्ख्या ४३८ पुगेको छ भने सक्रिय सङ्क्रमित १३ सय ९६ जना रहेका छन् ।
ललितपुरमा अहिलेसम्म ५५ हजार ७६५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ५० हजार ५८२ जना सङ्क्रमणमुक्त भएका छन् । मृत्यु हुनेको सङ्ख्या ७१२ छ भने ४४ सय ७१ जना सक्रिय सङ्क्रमित छन ।