एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

खेलकुद
शेयर गर्नु होला

काठमान्डौ – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो। ३६ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको उसको पारी कप्तान दीपेन्द्र सिंह ऐरीले सम्हाल्ने प्रयास गरे । उनले चौथो विकेटका लागि आरिफ शेखसँग ३७ रनको साझेदारी गरे । पाँचौं विकेटका लागि दीलिप नाथसँग ५६ रनको साझेदारी गरे ।

एपीएफका अविनाश बोहरा र किशोर महतोले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै पुलिसलाई लक्ष्यसम्म पुग्बाट रोके । महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एकएक विकेट लिए ।

यसाघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफको पनि सुरुआत खराब थियो । ८१ रन जोड्दा ६ विकेट गुमाइसकेको उसको पारी तल्लो क्रमका ब्याट्सम्यानले सम्हाले र १९।५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो । कप्तान सरद भेषावकरले १९ रन बनाउँदा भुवन कार्कीले १७ रन जोडे ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले तीनतीन विकेट लिए । गुल्शन झाले २ तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १-१ विकेट लिए ।
बिजेता टिमले पाँच लाख हात पार्‍यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *