हालसम्मकै उच्च रेकर्ड – एकैदिन ११ हजार ३५२ जनामा कोरोनाभाइरस पुष्टि

Breaking News समाचार
शेयर गर्नु होला

काठमान्डौ – नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२८ पुगेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *