जानीजानी आफूलाई कोरोना भाइरस सारेकी चेक गायिकाको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सि – जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोकगायिकाको मृत्यु भएको उनको परिवारले बीबीसीलाई बताएको छ। सन्ताउन्न वर्षीया हाना होर्काले कोभिड-१९ विरुद्धको खोप लगाएकी थीइनन। परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थीइन्। तर त्यसको दुई दिन पछि उनको मृत्यु भयो।

उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेशका लागि हालै कोभिड भएर निको भएका मानिसलाई दीने ‘रिकभरी पास’ पाउन उनी सङ्क्रमित भएको बताएका छन्। घरमा आफू र बुवालाई सङ्क्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको उनले जानकारी दिए। “हामीलाई सङ्क्रमण पुष्टि भएपछि वहाँ एक साता हामीभन्दा अलग्गै बस्न पनि सक्नुहुन्थ्यो। तर आमा जतिबेला पनि हामीसँगै बसिरहनुभयो,” उनले भने।

चेक रिपब्लिकमा बुधवार अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमण पुष्टि भएको थियो। रेक र उनका बुवाले कोभिड-१९ विरुद्धको खोप लगाए पनि हाना होर्काले खोप लगाएकी थीनन्। चेक रिपब्लिकमा सिनेमा, बार र क्याफेजस्ता निश्चित स्थानमा प्रवेशका लागि खोप लगाएको कार्ड वा हालै कोभिड सङ्क्रमण भएको प्रमाण पेस गर्नुपर्छ। हाना होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एुटा एसोनन्स समूहसँग आबद्ध थीन्। छोरा रेकका अनुसार हाना होर्का हिँडडुलमा अवरोध कम होस् भनेर आफूलाई सङ्क्रमण सार्न चाहन्थिन्।

“अब थिएटर, साउना र कन्सर्ट हुनेछ“ मृत्यु हुनुभन्दा दुई दिन अघि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको जानकारी गराउँदै लेखेकी थीइन। आइतवार बिहान उनले आफूलाई सन्चो हुँदै गरेको भन्दै घुमेर आउन लुगा समेत लगाएकी थीइन। तर अचानक ढाड दुखेर समस्या आएपछि उनी ओछ्यानमा सुतिन्। “त्यसको १० मिनेटमै सबै सकियो। उनको श्वास अवरुद्ध भयो र मृत्यु भयो,” छोराले भने। खोपबारे फैलिएका अफवाहमा विश्वास गरेका कारण आफ्नी आमाले खोप नलगाएको भन्ने कुरा सत्य नभएको रेकको भनाइ छ।

“उनको मान्यता के थियो भने खोप लगाउनुभन्दा कोभिड भएकै ठिक छ। खोपबाट शरीरमा माइक्रोचिप्स हाल्छन् भन्ने जस्ता कुरामा विश्वास गरेका कारण नलगाएको चाहिँ होइन,” रेकले भने। खोपबारे कुरा गर्दा आमा अलि भावुक हुने गरेकाले उनीसँग धेरै कुरा गर्न नसकिएको रेक बताउँछन्। उनले अब आफूले भोगेको पीडा सुनाएर अरूलाई पनि खोप लगाउन प्रेरित गर्न सकिने विश्वास लिएका छन्।बिबीसीबाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *