प्रधानमन्त्रीद्वारा त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भएनभएको र परीक्षा कोठामा स्यानेटाइजर यथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन गनुभएको छ ।

मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भएनभएको अनुगमन गर्न निर्देशन गर्नुभएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानेटाइजर यथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगित गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन गर्नुभएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *