काठमाडौं – निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ ।ायोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका तीन दलको दर्ता खारेज गरेको जनाएको छ ।
यी तीन दलले राजनीतिक दलसम्बन्धी एन २०७३ को दफा ४१ बमोजिम लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन् । लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म जरिवाना गर्ने गर्छ ।
गत साउन २० गते यी तीन वटै दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो । तर, यी दलले जरिवाना नबुझाएकोले खारेज गरिएको आयोगले जनाएको छ । आयोगमा २०७३।०७४ मा यी दल आयोगमा दर्ता भएका थिए।