पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना भाइरसका सङ्क्रमित थपिए , तीन जनाको मृत्यु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१८ हजार ६१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ४७४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८८८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५।४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मुलुकमा हालसम्म ६५ हजार ३७४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा तीन लाख सात हजार ४०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *