आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – सर्वोच्च अदालतसहित देशभरका अदालत आइतबार बन्द हुने भएको छ । सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले अैतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।

पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउनका लागि आइतबार नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत र न्यायाधिकरणहरु शोक बिदाका रुपमा अैतबारका लागि बन्द गर्ने निर्णय गरेको हो ।

‘पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन यही माघ ९ गते अैतबार एकदिन नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र न्यायाधिकरणहरु शोक बिदाको रुपमा बन्द रहने भनी सर्वोच्च अदालतको माघ ८ मा बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको बेहोरासमेत जानकारी गराइन्छ,’ सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *