इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराए

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला

तस्बिर श्रोत : इन्डियन प्रिमियर लिग (आईपीएल) को वेबसाईट बाट

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईपीएलका लागि नेपालबाट कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएको जनाएको छ । अहिलेसम्म नेपालबाट सन्दीपले मात्र आईपीएल खेल्नुभएको छ ।

नयाँ सिजनको लागि आईपीएल खेल्न विश्वभरबाट एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा आठ सय ९६ जना भारतीय र तीन सय १८ जना विदेशी खेलाडी छन् ।

आईपीएलको अक्सन फ्रेब्रुअरी १२ र १३ तारिख बैँगलोरमा हुनेछ । आईपीएलमा यसपटक १० टोलीको सहभागिता रहनेछ । आईपीएलको औपचारिक घोषणा भने हुने बाँकी छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *