पार्टीको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन, झन्डामा रहेको गाई चिन्ह पनि हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमांडौ – निर्वाचन आयोग द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पार्टीको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन भनी निर्देशन दिई एको छ।

गत पुस १० गते राप्रपाले आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो।

आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन भनेको हो । यो संविधानको प्रस्तावना एवं भावना प्रतिकूल भएकाले हटाउनुपर्ने आयोगले बताएको छ ।

साथै वाक्यांशसहितको विधान सात दिनभित्र पेश गर्न पनि निर्देशन दिइएको छ। यस्तै, राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह पनि हटाउन आयोगले निर्देशन दिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *