चिसो अझै बढ्ने, विहीबारदेखि मौसममा सुधार हुने

समाचार
शेयर गर्नु होला

काठमाडौं – क्रमिक रुपमा सुधार हुँदै आएको मौसम आइतबारदेखि एक्कासि बदली हुँदा चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपाल हुँदै देशैभर बादलले ढाकेपछि वर्षा र हिमपातले चिसो बढेको मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम हुँदै पूर्व सर्ने हुँखा बुधबारसम्म बादल लाग्ने भएकाले चिसो झनै बढ्ने बासीले बताए । सोमबार र मंगलबार कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षा सँगै सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम पूर्ण रुपमा सफा हुन विहीबारसम्म लाग्ने छ ।

आइतबारको न्युनतम् तापक्रम सबैभन्दा कम जुम्लामा माइनस ०.९ डिग्री सेल्सियस रहेको थियो भने काठमाडौं उपत्यकाको न्युनतम् तापक्रम ५.२ डिग्री सेल्सियस रहेको छ । यसै साता काठमाडौंको न्युनतम तापक्रम सात डिग्री सेल्सियस पुगेको थियो । पश्चिम हुँदै पूर्वतर्फ सर्ने भएकाले देशैभर क्रमस सामान्य पानी पर्ने र चिसो बढ्दै जाने महाशाखाको रिपोर्टमा उल्लेख छ ।

देशैभर २२६ वटा वर्षा मापन केन्द्रहरुबाट मापन गरिए मध्ये शुक्रबार १४० वटा केन्द्रमा वर्षा भएको थियो यी मध्ये सबैभन्दा बढी वर्षा संखुवासभाको चैनपुरमा २९.२ मिलिमिटर भएको थियो । अन्य ५ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी र एउटा केन्द्रमा २५ मिलिमिटर भन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङक छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *