आयोगको पत्रको कानुनी र राजनीतिक उपचार खोज्ने राप्रपाको निर्णय

समाचार
शेयर गर्नु होला

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निर्वाचन आयोगको पत्रको सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र, राजसंस्था र झन्डाबाट गाई हटाउन निर्देशन दिएपछि राप्रपाले यस्तो निर्णय गरेको हो ।

आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आयोगले माघ ३ गते पठाएको पत्रको सम्बन्धमा छलफल गरेको हो। राप्रपाले निर्वाचन आयोगको निर्णय संविधानको मर्म र भावना विपरित रहेको, निर्वाचन सम्बन्धमा आयोग पूर्वाग्रही देखिएको भन्दै त्यसको कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो ।

बैठकपछि महामन्त्री भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय भएको छ ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *