थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *