राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठबन्धनको अपिल

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – यही माघ १२ गते हुने हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारलाई विजयी गराउने पाँच दलीय गठबन्धनले अपिल गरेकाे छ ।

पाँच दलीय गठबन्धन समन्वय समितिका तर्फबाट अपील जारी गरी लाेकतन्त्रकाे रक्षाका लागि सझा उम्मेदवार जिताउन आग्रह गरिएकाे हाे ।

अपीलमा भनिएकाे छ, ’यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठवन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनितिक स्थायित्व सुनिश्चित गर्न हामी हार्दिक अपिल गर्दछौँ’, ्।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष, एकीकृत समाजवादी अध्ययक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा सांसद दुर्गा पौडेलका तर्फबाट साे अपील जारी भएकाे हाे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *