टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडाको मृत्‍यु

Breaking News समाचार
शेयर गर्नु होला

सबै तस्बिर : सामाजिक संजाल बाट

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ ।

हिजो आइतबार दिउँसो करिब ३:३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी गराएका छन ।

अधिकारीका अनुसार, अन्दाजी ८–१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *