रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

याउन्दे – अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिनुभएको छ ।आइतबार राति सो दुर्घटना भएको बताइेको छ ।

रात्रि क्लबमा खचाखच मानिसहरु रहेका बेला सो क्लबमा आगो लागेको बताइेको छ । “सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरु आठ जना घाइते भएका छन् । घाइतेहरुको शरीर जलेको र उनीहरुको अवस्था पनि गम्भीर छ,” मन्त्री रेने इमानुयल सादीले भने । मन्त्री सादीका अनुसार अकस्मात आगो लागेपछि निभाउने प्रयास गर्दागर्दै धेरै मानिसलाई आगोले छोएको थियो । घटना बारे थाहा पाउने बित्तिकै प्रहरी र दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको बेलामा क्लबमा एक सयजना जति नागरिक थिए । रात्रि क्लबमा रहेकामध्ये प्रायः युवायुवती थिए । आगो लागेपछि बाहिर निस्किने प्रयासमा रहेका उनीहरुलाई आगोको मुस्लोले छोएको थियो । बाहिर निस्कने ढाेका एउटा मात्र रहेकोले पनि धेरै मानिसको ज्यान गएको अनुमान गरिएको छ ।रासस सिन्ह्वा


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *