काठमाडौं – पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् ।