काठमाडौं – राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाईनै दियिएको छ।
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकता अनुसार प्रहरी परिचालन गर्न सक्ने नेपाल प्रहरी कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय सुरक्षा र योजना नबनाएको नेपाल प्रहरी कार्यालय नक्सालका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताएका छन ।
सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकता अुनसार प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ ।
राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।