स्वास्थ्य उपचारपछि आज वर्षमान पुन स्वदेश फिर्ता, महासचिव पदको दाबेदार रहेको भनाई

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कुनभएको छ । उहाँ स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि चीन जानुभएको थियो ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलनमा उहाँ पनि महासचिवको दाबेदार हुनुहुन्छ । उपचारपछि नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्नुहुदै उहाँले आफू महासचिव पदको दाबेदार रहेको समेत बताउनुभयो ।

सकेसम्म सहमति हुनेमा विश्वस्त छु । निर्वाचन नै भएपनि त्यसको लागि तयार रहेको उहाँको भनाइ छ । यसअघिको माओवादी केन्द्रीय समितिको बैठक स्थगित भइ पुन: माघ २७ गतेको लागि तय भएको छ । सो बैठकले माओवादीको विधान बमोजिम पनि पदाधिकारी एवम् स्थायी समिति टुंगो लगाइने जनाएको छ ।

माओवादी केन्द्रको काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले अध्यक्षमा भने पुनस् पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *