काठमाडौ – गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयमा केही खुकुलो बनाएको छ । खाडी र मलेसियाबाहेक कम्तीमा अन्य दुई मुलुकमा पर्यटकका रूपमा भ्रमण गरिसकेका व्यक्तिले मात्रै अब खाडी राष्ट्र र मलेसिया भ्रमण भिसामा जान पाउनेछन्।
सो मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई भ्रमणमा जान दिने निर्णय भएको छ । त्यस्तै संशोधित निर्णयानुसार वैदेशिक रोजगारी व्यवसाय प्रवद्र्धनका लागि जाने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि भ्रमणमा जान दिने निर्णय भएको छ ।
भ्रमण भिसामा जान वार्षिक न्यूनतम छ लाख रुपियाँ करयोग्य आय भएको र त्यसको आधा रकम बैङ्क खातामा बचत भएका कम्पनीका सञ्चालक र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भ्रमण भिसामा जान पाउने भएका छन् ।
त्यस्तै नेपालमा सामान आयात निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि, सरकारी कामका सिलसिलामा जाने प्रतिनिधि र अन्तर्ाष्ट्रिय कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतलाई पनि यो सुविधा दीने निर्णय भएको छ । गत शुक्रबार गृहले ॐिक्रोनको कारण देखाउँदै पूर्ण रूपमा भ्रमण भिसामा अनिश्चित कालका लागि रोक लगाएको थियो ।गोरखापत्र दैनिकबाट